बिर्तामोड चैत २१ गतेसम्मलाई बन्द

बिर्तामोड, ९ चैत्रः व्यवसायीहरुको छाता संस्थाहरुले बजार बन्दका लागि आव्हान गर्न थालेको छ । बिर्तामोड उधोग वाणिज्य संघले भर्खरै सूचना सार्वजनिक गरेर चैत २१ गतेसम्मका लागि बजार बन्द गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ ।
सरकारले गरेको निर्देशन र स्थानीय सरकारको अनुरोधलाई स्वीकार गर्दै वाणिज्य संघहरुले व्यवसायीलाई बजार बन्द गरिदिन आग्रह गरेका हुन् । यस्तै, कनकाई उधोग वाणिज्य संघले पनि आज विहान नगरपालिकको बैठकमा साझा धारणा बनाउदै बजार बनद गर्ने घोषणा गरेको अध्यक्ष त्रिलोचन चिमोरियाले जानकारी दिए । अत्यावश्य बाहेकका सबै व्यवसाय बन्द गरिदिन आग्रह गरेको चिमोरियाले बताए ।
यसै गरी भद्रपुर र धुलावारी बजार बन्द हुने क्रममा छ । त्यहाँका व्यवासायीलाई महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न बजार बन्दको लागि आव्हान गरिएको हो । उता, पूर्वी नाका काँकरभिट्टा भारतीय जनता कफ्र्यूका कारण बिहानैबाट सुनसान बनेको छ ।
सरकारले आजबाट लागु हुने गरी अत्यावश्यक बाहेकका व्यवसाय बन्द गर्न गरेको आग्रहलाई व्यवसायीले अटेरी गर्दै व्यवसाय सञ्चालन गरिरहेका छन् । अब, अटेरी गरेमा कारवाही गरिने तयारी भइरहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता