कोरोना भाइरसको महामारी : विश्वभर संक्रमण फैलदो, ११ हजार ९ सय बढीको ज्यान गयो

काठमाडौं, ०८ चैत । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमणका कारण शनिबार दिउँसोसम्मा विश्वभर ११ हजार ९ सय ४९ को ज्यान गएको छ ।

चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोनाको महामारीबाट विश्वभरमा शनिबार दिउँसोसम्ममा ११ हजार ४ सय बढीको ज्यान गएको हो । जसमा सबैभन्दा धेरै इटालीमा ४ हजार ३२ को ज्यान गएको छ । ४७ हजार २१ जना भाइरसको संक्रमित भेटिएका छन् भने ५ हजार १२९ जना निको भएर घर फर्किसकेका छन् ।
धेरै ज्यान जाने मुलुकको सूचीको दोस्रो स्थानमा रहेको भाइरसको उद्गमस्थल चीनमा ३ हजार २ सय ५५ जनाको ज्यान गएको छ । चीनमा ८१ हजार ८ जना संक्रमित भेटिएकामा ७१ हजार ७४० जना निको भएर घर फर्किएका छन् ।
त्यसैगरी इरानमा २० हजार ६ सय १० जना संक्रमित भेटिएकामा १ हजार ५ सय ५६ को ज्यान गएको छ भने ७ हजार ६ सय ३५ जना निको भएर घर फर्किएका छन् । २१ हजार ५ सय ७१ जना संक्रमित भेटिएको स्पेनमा १ हजार ९३ को ज्यान गएका छ भने १ हजार ५ सय ८८ जना निको भएर घर फर्किएका छन् ।
जर्मनीमा १९ हजार ८ सय ४८ संक्रमित भेटिएकामा ६८ जनाको ज्यान गएको छ भने १ सय ८० जना निको भएर घर फर्किएका छन् । संयुक्त राज्य अमेरिकामा पनि १९ हजार ७ सय ७४ जना संक्रमित भेटिएकामा २ सय ७५ जनाको ज्यान गएको छ भने १ सय ४७ जना निको भएर घर फर्किएका छन् । १२ हजार ६ सय १२ संक्रमित भेटिएको फ्रन्समा ४ सय ५० को ज्यान गएको छ भने १ हजार ५ सय ८७ जना निको भएर घर फर्किएका छन् ।
८ हजार ७ सय ९९ जना संक्रमित भेटिएको दक्षिण कोरियामा १ सय २ जनाको मृत्यु भएको छ भने २ हजार ६ सय २१ जना निको भएर घर फर्किएका छन् । ५ हजार ६ सय १६ जना संक्रमित भेटिएको स्विट्जरल्याण्डमा ५७ जनाको ज्यान गएको छ भने १५ जना निको भएर घर फर्किएका छन् । त्यसैगरी बेलायत यूकेमा ३ हजार ९ सय ८३ संक्रमति भेटिएकामा १ सय ७७ को मृत्यु भइसकेको छ भने ७५ जना निको भएर घर फर्किएका छन् ।
नेदरल्याण्डमा २ हजार ९ सय ९४ जना संक्रमित भेटिएकामा १ सय ६ जनाको ज्यान गएको छ भने २ जना निको भएर घर फर्किएका छन् । अष्ट्रेलियामा २ हजार ६ सय ९० जना संक्रमित भेटिएका मध्ये ७ को ज्यान गएको छ भने ९ जना निको भएर घर फर्किएका छन् । यस्तैगरी बेल्जियममा पनि २ हजार २ सय ५७ जना संक्रमित भेटिएकामा ३७ को ज्यान गएको छ भने २ सय ४ जना निको भएर घर फर्किएका छन् ।
हालसम्म कोरोना भाइरसको संक्रमण विश्वको १ सय ९२ भन्दा बढी मुलुकमा फैलिसकेको छ । यस भाइरसको संक्रमण नेपालमा पनि एक व्यक्तिमा भेटिएका थियो । तर ती व्यक्ति निको भएर घर फर्किसकेका छन्, उनी चीनमा अध्ययन गरेर फर्किएका नेपाली विद्यार्थी हुन् । कोरोनाको संक्रमणबाट बच्न नेपाल सरकारले अत्यावश्यक बाहेकका सबै सेवाहरु रोक्न शुक्रबार निर्देशन दिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता