इलामको साँखेजुङमा माछापोखरीमा डुबेर बालकको मृत्यू

इलाम, ८ चैतः इलाम नगरपालिका १ साखेजुङमा माछापोखरीमा डुवेर एक बालको मृत्यु भएको छ । मृत्यु हुनेमा साखेजुङका बस्ने दिपेन राईको  ३६ महिनाको छोरा निनामहाङ राई रहेका छन् । 
राईका छोरा घरमा खेलि रहेको अबस्थामा अचानक घर नजिक रहेको माछापोखरीमा डुबि उपचारको लागि जिल्ला अस्पताल ईलाम ल्यायाएकोमा उनको अस्पतालमा नै मृत्यु भएको हो । शव कानुनी  प्रकृयाको पुरा गरी पोसमार्ट गरी आफन्तले बुझी लगेको अन्य अनुसन्धान कार्य भई रहेको सुचना अधिकृतःप्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी गराए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता