कोरोनाको असर : इलाममा ह्वात्तै बढ्यो चहलपहल, इलाम भित्रिनेको संख्या बढ्दै

इलाम, ९ चैत । पूर्वी नेपालको सुन्दर जिल्ला इलाम पनि यतिवेला विश्वभरी फैलिएको कोरोना (कोभिड–१९) को संक्रमणले अछुतो रहेको छैन । पर्यटकीय नगरी इलाम यतिवेला सवारी साधनमा खचाखच अवस्थामा र बाटोमा हतारिएको मानिस मात्र भेटिने गरेको छ ।
सरकारले सोमबारदेखि लामो दुरीको सवारी साधन चल्न निषेध गरेपनि मानिसहरुको आवतजावत भने झन धेरै बढेको छ । नेपाल सरकारले सम्पूर्ण शैक्षिक कार्यक्रम स्थगित गरेसंगै विद्यार्थीहरु पनि घरजाने हतारोमा देखिएका छन् । नेपालमा यसको संक्रमण नदेखिए पनि यसरी सतर्कतानै नअपनाउने हो भने यसले भयावह रुप लिन सक्छ । काठमाडौंबाट इलाम आउनेको लर्कोनै लागेको छ यति वेला ।
भारतका अवैध नाका हुँदै मानिसहरु पनि भित्रिएका नै छन् । स्थानीय तहहरुले पनि यसलाई नियन्त्रण गर्न कुनै कदम चालेको पाइएको छैन । इलामबजारमा वसेर अध्ययन गर्ने व्यापार गर्ने मानिसहरु पनि गाउँ जान थालेको अवस्था छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता