एक साताका लागि चीन र भारततर्फका सम्पूर्ण सीमानाका बन्द गरिने

काठमाडौं, ०९ चैत । सरकारले छिमेकी राष्ट्र चीन र भारततर्फका सम्पूर्ण सीमानाकाहरु एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले चीन र भारततर्फका सम्पूर्ण सीमानाकाहरु बन्द गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै भोलि (सोमबार) १० बजेबाट चीन र भारततर्फका सम्पूर्ण सीमानाकाहरु बन्द गरिने जानकारी गराइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता