कोरोना भाइसबाट मृत्यु हुनेको संख्या ७ हजार नाघ्यो

एजेन्सी, ४ चत्रै । कोरोना भाइरस अर्थत् कोभिड १९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ हजार नाघेको छ ।
विभिन्न विषयसँग सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरना भाइरसको संक्रमणबाट विश्वभर ७ हजार १७१ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म विश्वव्यापी रूपमा भने कोरोना सङ्क्रमित व्यक्तिको संख्या १ लाख ८२ हजार नाघिसकेको छ । हालसम्म विश्वव्यापी रूपमा कोरोनाबाट संक्रमितमध्ये ७९ हजार ७ सयभन्दा बढी पूर्ण रुपमा निको भएका छन् भने ६ हजार १ यसभन्दा बढी जटिल अवस्थामा छन् ।
कोरोना भाइरसबाट सबैभन्दा बढी चीनमा मृत्यु भएको छ । अहिलेसम्म चीनमा ३ हजार २२६ जनाको मृत्यु भएको छ । तर अहिले भने चीनमा कोरोनाको संक्रमण भने घटेको छ । चीनले कोरोना भाइरसको प्रभाव चीनमा समाप्त भइसकेकाे घोषणासमेत गरेको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनालाई महामारी घोषणा गरेकै भोलिपल्ट गत बिहीबार चीनले आफ्नो देशमा कोरोनाको प्रभाव समाप्त भएको घोषणा गरेको हो ।
अहिलेसम्म चीनमा जम्मा ८० हजारमा संक्रमण देखिएकाे छ, त्यसमध्ये ६८ हजार पूर्ण रूपमा निकाे भएका छन् भने ३ हजार २ सय जना जटिल अवस्थामा रहेका छन् । अहिले चीनामा ८ हजार ९६७ जनामा मात्रै काेराेनाकाे संक्रमण रहेकाे वर्ल्डो मिटरर्स डट इन्फोले जनाएकाे छ ।
युराेप र मध्यपूर्वमा व्यापक संक्रमण
पछिल्लो समय कोरोनाको उद्गम मानिएको चीनभन्दा बाहिर अर्थात् युरोप क्षेत्रमा यसको संक्रमण व्यापक बनिरहेको छ । युरोपका केही देशमा उक्त भाइरसका कारण त्यहाँ एकै दिनमा सयाैँकाे मृत्यु हुने गरेकाे छ ।
चीनपछि दाेस्राे धेरै संक्रमित र मृतक इटलीमा रहेका छन् भने त्यसपछि मध्यपूर्वकाे देश इरानमा यसकाे संक्रमण व्यापक बनेकाे छ । त्यसैगरी स्पेन, जर्मनी, फ्रान्स, अमेरिका दक्षिण काेरिया लगायत देशमा यसकाे प्रकाेप बढी देखिएकाे छ ।
हालसम्म इटालीमा कोरोनाका कारण २ हजार १५८ जनाको मृत्यु भइसकेको छ । त्यहाँ साेमबार मात्रै ३४९ जनाले ज्यान गुमाएका छन् । आइतबार ३९६ जनाले ज्यान गुमाएका थिए । अहिलेसम्म इटालीमा काेराेनाकाे संक्रमण हुनेकाे संख्या २७ हजार ९८० पुगेकाे छ ।
इरानमा अहिलेसम्म ८५२ जनाकाे मृत्यु भएकाे छ, जसमध्ये १२९ जना साेमबार मात्रै मरेका छन् । अहिलेसम्म स्पेनमा ३४२ को मृत्यु भएको छ । बेलायतमा पनि पछिल्लो एकै दिनमा २० जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या ५५ पुगेको छ ।
नेपालमा भने अहिलेसम्म यसको संक्रमण पुष्टि भएको छैन । तथापि सुरुमा परीक्षण गराएका एक व्यक्तिमा कोरोना भाइरस भेटिए पनि उपचारपछि अहिले उनी स्वस्थ भएर काममा फर्किसकेको सरकारले दाबी गरिरहेको छ ।
गत डिसेम्बरको अन्तिमतिर चीनको वुहानबाट फैलिएको यो भाइरस अहिले विश्वका १ सय ६० भन्दा बढी मुलुकमा फैलिसकेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता