नेविसंघ गरुवा बहुमुखी क्याम्पस इलामले विभिन्न ठाउँमा कोरोना सम्वन्धि सचेतना पोष्टर तथा व्यानर राख्यो

इलाम, ४ चैतः नेपाल विद्यार्थी संघ गरुवा बहुमुखी क्याम्पस इलाामले माइ नगरपालिकाका १० स्थानमा कोरोना सम्वन्धि सचेतना पोष्टर र व्यानर राखेको छ । उनीहरुले  विधालय, क्याम्पस, चोक बजार , र अन्य सार्वजनिक स्थानमा  विश्व स्वास्थ जगतमा आएको कोरोना भाइरसको बारेमा संचेतना मूलक पोष्टर राख्ने कार्यक्रम गरेको 
हो ।
नेविसंघले माईनगरपालिकाको पालटार, बि पि चौतारा शितली, शुक्रबारे बजार, जनता मा वि चिसापानी, बिष्णेटार मा वि महमाई, गरुवा बहुमुखी क्याम्पस, कालीखोला, सरस्वती मा बि मुसेखोला, सिम्हदेबी स्कुल बगैंचा र कलकत्ते महमाईमा सचेतना ब्यानर राखिएको  केशव बराइलीले जानकारी गराएका छन् । कार्यक्रम दिव्या दाहालको अध्यक्षतामा भएको पनि जानकारी गराएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता