इलाममा लकडाउनको प्रभावः बजार पूर्ण रुपमा बन्द

इलाम, ११ चैत । सरकारले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिनका लागि आजदेखि शुरु गरेको लकडाउनको प्रभाव इलाममा परेको छ ।
लक डाउनका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने बजार पूर्ण रुपमा नै बन्द भएको छ ।  कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले कोभिड–१९ को सङ्क्रमण थप नबढोस् भन्नाका लागि आज बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म ‘लकडाउन’ गर्ने घोषणा गरेको थियो ।
इलाममा एम्बुलेन्सबाहे अरू सवारीसाध चलेको छैन । लकडाउन कार्यान्यवनलाई कडाका साथ गरिने र प्रहरीहरु परिचालन गरिएको एसपी हिरा वहादुर पाण्डेले वताएका छन् ।
सरकारले नेपालमा फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि अरुलाई नसरोस् भन्नाका लागि सङ्क्रमण रोग ऐन २०२० को दफा २ को उपदफा ९२० बमोजिम लकडाउन गर्ने निर्णय गरेको हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता