इलामको लक्ष्मीपूरमा खाल्डोमा पुरिएको अवस्थामा शव फेला, शकांस्पद दुईजना पक्राउ

इलाम, ५ चैतः इलामको सूर्योदय नगरपालिका १३ लक्ष्मीपुरमा खाल्डोमा पुरिएको अवस्थामा किशोरीको सव फेला परेको छ । शव लक्ष्मीपुरकै स्थानीय ज्योती माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्राको रहेको प्रहरीले जनाएको छ ।  
मंगलबार विद्यालय गएकी छात्रा घर नफर्किएपछि खोजतलास गर्दा लक्ष्मीपूरको सुकेपोखरी आसपासमा खाल्डोमा पुरिएको अवस्थामा  किशोरीको शव फेला परेको थियो । शवको प्रकृति हेर्दा बलत्कार गरेर हत्या खाल्डोमा पुरेको आशंका स्थानीयले गरेका छन् । 
किशोरीको शव आज खाल्डोबाट निकालेर शव परिक्षणको लागि धरान पठाइएको र शकांस्पद दुइजनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भई रहएको जिल्ला प्रहरी कार्यालय इलामका एसपी हिरा वहादुर पाण्डेले जानकारी गराए । उनले भने किशोरीको हत्या भएको तर के कारणले कसरी हत्या भएको हो अनुशन्धान भई रहको छ ।    

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता