इलाम लक्ष्मीपूर घटनाः बलत्कार पछि हत्या भएको पुष्टी, हत्या गर्ने रोशन राई पक्राउ

इलाम, ६ चैतः इलामको सूर्योदय नगरपालिका १३ लक्ष्मीपूरमा वुधबार फेला परेको हत्या गरिएकी स्थानीय आकृति राईको हत्यारालाई प्रहरीले पक्राउ गरेको छ । सूर्योदय नगरपालिका १३ कै रोशन राईलाई प्रहरीले पक्राउ गरेको हो । आरोपिले विद्यालय जाने क्रममा किशोरीलाई बलत्कार पछि हत्या गरेर खाल्डो खनेर पुरोको स्वीकारेको र हत्यामा प्रयोग भएको सामन र खाल्डो खन्न प्रयोग भएका समनाहरु पनि प्रहरी वरामद गरेको जानकारी गराएको छ । 
लक्ष्मीपुरकै स्थानीय ज्योती माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्रा आकृति राईको मंगलबार विहान विद्यालय जाने क्रममा बाटोमा नै बलत्कार पछि हत्या भएको अनुशन्धानबाट खुलेको हो । उनी विद्यालय नपुगेको र साझ सम्म पनि घर नफर्किए पछि स्थानीहरुले खोजतलास गरेका थिए । 
वुधबार स्थानीयले खोजतलासकै क्रममा सुकेपोखरी नजिकै रहेको अम्लिसोबारीमा रगतको टाटा देखिए पछि प्रहरीलाई खबर गरेका थिए । बुधबार नै प्रहरी शंकास्पद भन्दै पक्राउ गरेका रोशन राईले अपराध स्वीकारेको र अनुशन्धान पछि कारबाही अगाडी वढाउने जिल्ला प्रहरी कार्यालय इलामका एसपी हिरावहादुर पाण्डेले जानकारी गराए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता