कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा पाँचथरका अनिल सुब्बाको ज्यान गयो

एजेन्सी, ११ चैत । विश्वभर तीव्र गतीमा फैलिरहेका कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमणबाट अमेरिकामा एक जना नेपालीको ज्यान गएको छ ।
कोरोनाको संक्रमणबाट अमेरिकामा ज्यान गुमाएका अनिल सुब्बा पाँचथरका हुन् । ५० वर्षीय उनको सोमबार न्यूयोर्कमा अस्पतालमा उपचारका क्रममा ज्यान गएको जनाइएको छ । ट्याक्सी डाइभर उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए।
अमेरिकामा पहिलो पटक कोरोना संक्रमणबाट नेपाली नागरिक सुब्बाको ज्यान गएको बताइएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता