विराटनगरबाट काठमाडौँ आएर नागढुंगामा रोकिएकाहरूलाई विराटनगर नै फर्काउने तयारी


  • रोशन दानी
काठमाडौं, १५ बैशाख । विराटनगरबाट काठमाडौं आएका स्थानीयवासीहरुलाई प्रहरीले उतै फर्काउने तयारी गरेको छ । प्रहरीले नागढुंगामा होल्ड गरेर राखेकाहरु सबैलाई सम्बन्धित ठाउँमा नै फर्काउने तयारी गरेको हो ।
आइतबार साँझ विराटनगरबाट करिब १ सय ८७ जनालाई काठमाडौं पठाइएको विराटनगर महानगरपालिका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले जानकारी दिनुभयो ।
उहाँका अनुसार काठमाडौंबाट पढ्नका लागि बसेका, अलपत्र परेकालाई काठमाडौं पठाइएको हो । तर अहिले उनीहरूलाई नागढुंगामै होल्ड गरी राखिएको छ ।

उनीहरूलाई फर्काउने तयारी भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । ‘केही बसबाट मानिसहरू आएका छन्,’ डिएसपी घनश्याम श्रेष्ठले भन्नुभयो,’उनीहरू स्थानीय तहको रोहबर र छलफलमा आएका रहेछन् ।’
तर अब यसरी आएकाहरुलाई विराटनगर नै फर्काउने तयारी सुरु भएको श्रेष्ठले बताउनुभयो ।
’हामीले कसैलाई पनि काठमाडौं छिर्न दिएका छैनौं,’उहाँले भन्नुभयो,’उनीहरूलाई फर्काउने तयारी थालेका छौं।’
उनीहरूको विवरण टिपेर फर्काउने तयारी गरिएको छ । तर विराटनगरबाट आएकाहरुलाई नागढुंगामा झारेर बस भने विराटनगर फिर्ता भइसकेको छ ।

न्युज२४बाट साभार गरिएकाे
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता