युएइबाट एक नेपालीकाे प्रधानमन्त्रीलाई पत्रः बिसंगती र बेथिती बिरुद्द लेख्दै गरेको कलमलाई हतकडी नलगाइयोस्


प्रधानमंत्री के.पी.ओली ज्यु
तपाईं जीवन भरी प्रधानमंत्री नै हुनुस यसमा केहि गुनासो छैन तर नेपाली जनताको पिडा समस्यालाई बुझेर नेपाल र नेपालीको हितको लागि काम गरेर प्रधानमंत्रीको आसनमा बस्नुहोस बाचुन्जेल तपाईको जय जयकार गर्दै सलौट ठकौला ।
थाहा छ तपाईको मृगौला पटक पटक फेरिएको छ । बाच्नको लागि तपाईंले बिश्वको सुबिधा सम्पन्न अस्पतालबाट सेवा लिनु नै भो यसमा पनि कुनै गुनासो छैन । किन यति धेरै स्वार्थ र कुर्सीको लोभ भयो तपाईंमा । बाचिन्जेल २ छाक खानु नै त होला ?
भोलीको दिनमा आउने कुरा यहा कसैलाई थाहा हुन्न रैछ (जस्तै COVID-19)तपाईको मेरो भन्दा अघि स्वर्ग बास भएछ भने सालै पिच्छे आउने पित्री कार्यको श्राद्धमा मेरा माता-पिता संगै तपाईलाई पनि तर्पण र पिन्ड दान गरौला किन भने तपाईको आफ्नो कुनै सन्तान छैनन् । हामी ३ करोड नेपाली नै हौ तपाईंको सन्तान । यति ठुलो बिपतको दिन यत्रो लालच र ढाक छोप के का लागि होला प्रधानमंत्री ज्यु । एक पटक ठण्डा दिमागले सोच्नु होला ।
मानिस जन्मन्छ एक्लै आखिर जाने दिन खाली हात नै जाने हुन राजा होस वा प्रजा । अलिक तमक झमक बढि नै होला तपाईंको मृत्युको दिन तपाईंको चिता फरक होला सर्वसाधारण नागरिकको भन्दा तर तपाईंलाई ओडाईने कात्रो त्यहि हो अन्त्येष्टिमा हुने खरानी अनि मट्टि त्यहि हो जलाउने अग्नी त्यहि हुन निर्मल निश्चल बहने गंगा तिनै हुन।
कति साधारण छ तपाईको जीवन शैली तपाईंमा देश प्रेम नभएको पनि हैन तर तपाई कहाँ चुक्नु भो एक पटक सोच्नु होला । बाचुन्जेल जनतालाई प्र.म.ज्युले आफ्नै शैलीमा उखान टुक्का जोडेर हसाउनु त हुने नै छ तर हालको अवस्थामा जनताका आखाबाट झरिरहेको आशु पुछ्न सक्नु भएन । जनताले राहतका नाममा आघात र कष्ट भोगिरहेका छन् त्यो दृश्यले जो कोहिको आँखा रसाउछ । प्रधानमंत्री ज्यु संचार माध्यममा ८० करोड राहत रकम बितरण भएको छ उक्त रकम कस्को गोजीमा पुग्यो ? ३ करोड नेपालीको यहि छ प्रश्न तपाईंलाई । ८० लाख भन्दा बढि बिदेशिएका हामी नेपालीहरुको मनमा कति पिडा लुकेको होला एक पटक सोच्नु होस । प्रधानमंत्री ज्यु जनताले तिरेको कर र बिदेशिएका नेपालीहरुको रेमिटान्सबाट हो देशका उच्च नेता देखि कर्मचारीहरु सम्म पालीएका उनीहरू हवाई चप्पलबाट डेड करोडको गाडी चड्ने भए तर आज जनताको अवस्था दिन दिनै तल झर्दो छ ।
समय अझै भएता पनि तपाईंबाट धेरै ठुलो उन्नती प्रगति अनि बिकासका कामको आशा नगर्दा उचित होला किनकी यहा सत्ता पक्षबाट यती ठुलो गुटबन्दि,गुन्डागर्दी,नाताबाद र भ्रष्टाचारका नाटक मंचन हुदैछन् त्यो बर्णन गरेर साध्य छैन ।
प्रधानमंत्री ज्यु तपाईंको मृत्युको दिन हालको ३ करोड नेपालीको जनसंख्या बढेर डबल होला त्यो दिन जनताको आखाबाट आशु आउने काम गरेर देखाइदिनुस । सेवा गर्ने मानिसहरु गिरफ्तार हुनु नपरोस किन कि यहा चाकरी गर्ने हातहरु जता सुकै फैलन्छन् तर सेवा गर्ने हात बिरलै पाईन्छ । बिसंगती र बेथिती बिरुद्द लेख्दै गरेको कलमलाई हतकडी नलगाइयोस् एउटा उपाध्यायलाई त हिरासतमा राखियो तर यहा लाखौलाख अत्याचार बिरुद्दमा लेख्ने उपाध्यायहरु जन्मनेछन् । बन्दुक भन्दा सयौ गुणा शक्तिशाली छ कलम 🖊 देशमा दबावको होईन बिधी र कानूनको शासन होस । देश धेरै नै संकटको स्थितिमा छ । तपाईंको स्वास्थ्य लाभको कामना छ । प्रधानमंत्री ज्यु लालसलाम 💪
युबराज रिजाल
इलाम
हाल यु ए इ
जय देश !!!🇳🇵 जय स्वाभिमान
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता