वीरगञ्जका सफाई कर्मचारीमा संक्रमण पाइएपछि जनप्रतिनिधिहरुलाई पनि क्वारेन्टाइनमा राखियो


वीरगञ्ज, १५ बैशाख । वीरगञ्जमा पहिलो पटक नेपाली नागरिकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि स्थानीय प्रहरी प्रशासन सतर्क भएको छ ।
कोरोना पुष्टि भएपछि जोखिम न्यूनीकरण गर्न प्रहरीले संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा रहेका परिवारका सदस्य, जनप्रतिनिधि तथा वडाका कर्मचारीहरु लगायतका व्यक्तिलाई बल प्रयोग गरी होम क्वारेन्टाइमा बस्न लगाएको छ ।
वीरगञ्ज महानगरपालिकामा आइतबार थप २ जना पुरुषमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो ।
संक्रमित मध्येका एक वीरगञ्ज महानगरपालिकामा वडा नं. ३ घर भएका वीरगञ्ज महानगरपालिका कार्यालयमा कार्यरत सरसफाई कर्मचारी (नाइके) हुन् । उनी वडा नम्बर ३ को कार्यालयमा कार्यरत छन् ।
संक्रमण पुष्टि भएपछि वीरगञ्ज वडा नं. ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार लगायतका व्यक्तिहरु निर्वाधरुपमा दैनिक कामकाज गरिरहेकाको खबर पाए पश्चात जिल्ला प्रहरी र्कायालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताबाट गएको टोलीले १९ जनालाई क्वारेन्टाइन बस्न लगाएको पर्साका प्रहरी नायब उपरीक्षका गौतम थापाले जानकारी दिनुभयो ।
जनप्रतिनिधि लगायतका व्यक्तिहरुलाई सुरक्षित गर्न खोज्दा प्रतिनिधिहरुले प्रतिवाद गरेपछि प्रहरीले बल प्रयोग गरेर होम क्वारेन्टाइनमा बस्न लगाइएको पर्सा प्रहरीले जनाएको हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता