इलामकाे फाकफोक खोलामा अचानक वाढी, एक बालकको वगाएर मृत्यु, चितामा जलाउन लागेको सव पनि वगायो

फाकफोकथुम, १५ बैशाखः फाकफोकथुमा रहेको फाकफोक खोलामा अचानक वाढी आउँदा एक वालकको मृत्यु भएको छ भने जलाउन लागेको सव पनि वगाएर लगेको छ । आमचोक स्थित रातमाटेका विरवहादुर थेगिमका १३ बर्षको छोरा मनिस थेगिम (मनोज) फाकफोक खोलाले  एक्कासी बाढी आउदा खोलाले बगाएर मृत्यु भएको हो । उनी साथीहरुसँग सधैजसो कन्सीरी घाट छेउ खोलामा पौडिखेल्न जाने गरेको र आज भने अचानक वाढी आएर उनलाई वगाएको स्थानीयवासी वताउँछन् । त्यस्तै आज सो वाढीका कारण फाकफोकथुम ३ आमचोक सल्लेरिका राम बहादुर लकान्द्री सुगुरको चारो टिप्न जादा चिप्लिएर लड्दा ढुंगामा बजारिदा मृत्युु भएपछि आज सव जलाउदै गर्दा एक्कासी बाढी आएपछी सव जलाउन नपाई वाढीले वगाएको छ । उनको  १४ गते  चारो टिप्न जाँदा लडेर मृत्यु भएको थियो । 
मृतक बालकको सव भने आजै  देउरालीको पुछारमा खोलामा सव भेटाएर सर्जिविन गरेर पोष्टमाटमको लागि लाने तयारी भई रहेको फाकफोक ३ का वडा अध्यक्ष राजु पौडेलले बताएका छन । चिताबाट वगाएको लकान्द्रीको सव भने अहिले सम्म नभेटीएको उनले वताए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता