पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाउने निगमको निर्णय

काठमाडौं, १९ चैत । कोरोना भाइरसले विश्व व्यपारलाई नै नकारात्मक प्रभाव पारेको बेला नेपाली बजारमा पनि डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटेको छ । आज राति १२ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले डिजेल र पेट्रोलमा प्रति लिटर १० रुपैयाँको दरले घटाउने भएको हो ।
ईन्डियन आयल कर्पोरेशनले डिजल र पेट्रोलको मूल्य पठाएपछि बुधबार आयल निगम सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार मूल्य घट्न लागेको हो ।
बैठकले मटितेलमा पनि हाल कारोबार भएको मूल्यमा प्रतिलिटर १० रुपौयाँ घट्नेछ । समितीको यो निर्णयसँगै अब पेट्रोलको खुद्रा विक्री मूल्य प्रति लिटर ९६ रुपैयाँ कायम भएको छ । त्यस्तैगरी डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता