फाकफोकथुम-७ वडाध्यक्ष लोकबहादुरद्वारा खाद्य्यन्न विवरण


चैत १९/ कोरोना भाइरस (Covid-19) को सम्भावित संक्रमणको रोकथाम र नियन्त्रणको निम्ति लक डाउन बजे सगै मजदुरलाई  खाद्यान्न अभाए पछि फाकफोकथुम-७ वडाध्यक्ष लोक बहादुर थापाले खाद्य्य सामाग्री वितरण गरेका छन् । लग डाउनको पालना गर्दै काम एवं मजदुरी गर्न नपाएर खाद्यान्न अभाव भए पछि १३ घर परिवारलाइ चामल, दाल, तेल र नुन वाडाध्यक्ष थापाले ब्यत्तिगत रुपमा खाध्य सामाग्री विवरण गरेका हुन ।
फाकफोकथुम सरोकार समाज इलामका सचिव एवं सामाजिक अभियान्ता प्रकाश परियार, रेडक्रस कर्मी याम प्रसाद घिमिरे लगायतको उपस्तिथिमा खाध्य सामाग्री वितरण गरिएको थियो । गाउँपालिका मार्फत वितरण गर्न तत्काल विवरण संकलन भइरहेको र  सामाग्री वाडामा आइपुग्न केही दिन लाग्ने भएकोले ज्याला मजदुरी गर्नेलाइ हात मुख जोडनै समस्या भएकोले खाध्यन्न वितरण गरिएको हो । खाध्यन्न सामाग्री वितरण सगै लक डाउन पालना गर्न र कोरोना भाइरस बाट बच्न जानकारी समेत गराइएको थियो ।
खाध्यान्न सामाग्री लिनेहरुमा दैनिक ज्याला मदजुर गर्ने स्रमिक एवं अति विपन्न ७ वडा निवासि नागरिकहरु पुस्पा पौडेल, रामचन्द्र चौधरी, गौरिमान लिम्बू, गैरिगरे साइली दिदी, सेर सिंह लिम्बू, सावित्रा पौडेल, सीता तोलाङी, जित बहादुर श्रेष्ठ, विमला राइ, राजकुमार श्रेष्ठ, बुद्दिमान राइ, इन्दिरा श्रेष्ठ र तिल बहादुर राइ रहेका छ्न । १३ घर परिवारलाइ सिकारीभन्याङ वितरण गरिएको थियो भने भोलि अति विपन्न र ज्याला मददुरी गर्नेलाइ छनोट गरि दोकान डाँडा र रुपटारमा समेत ब्यत्तिगत रुपमा खाध्यन्न सहयोग गर्ने वडाध्यक्ष लोक बहादुर थापाले वताएका छ्न।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता