भारतमा कोरानाबाट मृत्यु हुनेको संख्या ३२ पुग्यो, दार्जिलिङमा पनि १ महिलाको मृत्यु

काठमाडौं, १८ चैत । भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनको संख्या ३२ पुगेको छ । सोमबार ५ जनाको मृत्यु भएसँगै भारतमा मर्नेको संख्या ३२ पुगेको हो ।
सोमबार मध्यप्रदेश, गुजरात, महाराष्ट्र र पश्चिम बंगालमा १–१ जनाको मृत्यु भएको छ । महाराष्ट्रको पुनेमा ५२ वर्षीय पुरुषको मृत्यु भएको छ भने गुजरातको भावनगरमा ४५ वर्षीय महिलाको मृत्यु भएको छ ।
उनीहरुको सोमबार कोरोनाका कारण मृत्यु भएको पुष्टि गरिएको छ । योसँगै गुजरातमा मर्नेको संख्या ६ पुगेको छ । त्यस्तै, सोमबार नै मध्यप्रदेशमा ४१ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ । मध्यप्रदेशमा योसहित मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
त्यस्तै पश्चिम बंगालको दार्जिलिङमा ५४ वर्षीया महिलाको मृत्यु भएको जनाइएको छ । ती महिला भर्खरै चेन्नईबाट उपचार गरेर फर्किएकी थिइन् ।
पश्चिम बंगालमा योसहित अहिलेसम्म मृत्यु हुनेको संख्या २ पुगेको छ । कोरोना संक्रमणका कारण भारतमा अहिलेसम्म सबैभन्दा बढी मृत्यु महाराष्ट्रमा भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
अहिलेसम्म भारतमा १२ सयभन्दा बढीलाई संक्रमण पुष्टि भएको । विभिन्न तथ्यांक निकाल्ने संस्था वल्ड मिटर्सले जनाएको छ । भारतमा साेमबार मत्रै २२७ जनामा थप काेराेना संक्रमित थपिएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता