लकडाउनका बीच रामेछापमा सवारी दुर्घटना : ३० घाइते, २ काे उपचारका क्रममा मृत्यु

रामेछाप, १८ चैत । जिल्लाको खाडाँदेवी गाउँपालिकामा बाेलेराे जिप दुर्घटना भएको छ । दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
बा १४ च ९४९८ पिकअप बोलेरो जिप भक्तपुरबाट रामेछापको दोरम्बातर्फ जाँदै गर्दा दुर्घटना भएकाे बताइएकाे छ । जिप सडकदेखि करिब १ सय मिटर तल खसेर दुर्घटना भएकाे हाे ।
साे दुर्घटनामा ३० जना घाइते भएका थिए । घाइते भएकामध्ये दोरम्बा गाउँपालिका- ३ का ४० वर्षीय गोपीलाल पहारी र सोही गाउँपालिका- २ की २५ वर्षीया संगिता पहरीको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता