- नेपालगञ्ज , ९ जेठ । बाँकेका २१ जनाले कारोना भाइरसलाई जितेर आइसोलेसनको बसाईबाट मुक्ति पाएका छन् । कोरोना संक्रमित २१ जनालाई आज फूलमालाले स्वागत गर्दै विदाई गरिएको हो । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा रहेका कोरोना संक्रमति २१ जनालाई डिस्चार्ज गरिएको छ ।
- करिव १५/१६ दिनको आइसोलेशन बसाईपछि उनीहरुमा कोरोना नेगेटिभ देखिए पछि डिस्चार्ज गरिएको हो । कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई स्वास्थ्य सामग्री सहित विदाई गरिएको छ । उनीहरुले अव ७ दिन घरमै बस्ने र अन्य कोहीसंग पनि घुलमिल नहुने जनाएका छन् ।

- २१ जनामा बाँकेका पहिलो कोरोना पोजिटिभ देखिएका ६० बर्षीय पुरुषदेखि ४ बर्षीय बालिका समेत रहेका छन् । डिस्चार्ज भएका उनीहरुलाई अस्पताल परिसरमै दोसल्ला, फुलमालाले विदाई गरिएको थियो भने नेपालगञ्ज वडा नं.७ र ८ का स्थानीयले ब्याण्डबाजासहित उनीहरुलाई गाउँमा भित्रयाएका थिए । खजुरा आइसोलेसनमा अझै ७ जना कोरोना पोजिटिभका विरामी रहेका छन् ।

- बाँकेमा कुल १ सय १ जना कोरोना पोजिटिभ देखिएका थियो, जसमध्ये २१ जनालाई कोराना नेगेटिभ देखिएपछि विदाई गरिएको छ ।

प्रतिकृया दिनुहोस्
About Maipokhari news
माइपोखरी न्यूज डटकम सम्बाददाता