फेरि संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ५ सय ७ पुग्यो

काठमाडौं, ९ जेठ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन तीब्ररुपमा बढ्न थालेको छ ।
आज विहान मात्र ३० जना नयाँ संक्रमित भेटिएको अवस्थामा दिउँसो पुनः २० संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा शुक्रबार दिउँसोसम्ममा संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले थपिएका संक्रमितहरुमा १४ जना बाँकेका, ३ जना कैलालीका, १ जना डडेल्धुरा, १ जना बैतडीका र १ जना मोरङका छ्न ।
उनीहरु सबै पुरुष भएको बताइएको छ । यस्तै निको हुनेको संख्या ७० पुगेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता