संक्रमितको संख्या तीब्र रुपमा थपिदै, संक्रमितको संख्या ५ सय १६ पुग्यो


काठमाडौं, ९ जेठ । कोरोना संक्रमितहरु तीब्ररुपमा वृद्धि हुने क्रममा शुक्रबार साँझ पुनः नौ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।
यो संगै संक्रमितको संख्या ५ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नौ नयाँ संक्रमितहरुमा दुई महिलासहित ७ पुरुष रहेका छन् । संक्रमितहरुमा हेटौडा ३ मकवानपुरकी ५४ बर्षीया महिला, भक्तपुर ९ की ४२ बर्षीया महिला छन् ।
यस्तै संक्रमित पुरुषहरुमा बलान विहुन गाउँपालिका सप्तरीका ३५ बर्षीय पुरुष र बारा सिमरनगढ नगरपालिकाका २२, २७ , ३० , ३४ , ३८ र ४५ बर्षका पुरुषहरु रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य छ र संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।
यस अघि शुक्रबार विहानमात्र ३० जनामा, दिउँसो २० जनामा संक्रमण पाइएको थियो भने साँझ ९ गरी एकै दिन ५९ नयाँ संक्रमित मुलुकमा थपिएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता