कोरोना कहरः इलाममा १६ जनाको पिसिआर र ६२२ जनाको आरडिटी परिक्षण सवैको रिपोट नेगेटिभ


इलाम, ९ जेठः विदेशबाट र अन्य जिल्लाबाट आउने क्रम नरोकिए सँगै इलाममा कोरोना भाइरस (कोभिड १९)को परिक्षण गरिएको छ । अहिले सम्म इलाममा १६ जनाको पिसिआर र ६२२ जनाको आरडिटी परिक्षण गरिएको छ । परिक्षण सवैको रिपोट नेगेटिभ आएको जिल्ला जनस्वस्थ्य कार्यलयका कोभिड १९ फोकल पर्सन विमल बरालले जानकारी दिएका छन् ।
हाल सम्म १६ जनाको स्वब परिक्षणको लागि पठाईकोमा १६ जनाको रिपोट आएको र सवैको रिपोट नेगेटिभ आएको पनि उनले जानकारी दिए । इलाम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु ११ जनाको र क्वरेन्टाइनमा रहेको ५ जनाको रिपोट नेगेटिभ आएको हो । क्वारेन्टाइनमा रहेका अन्य २० जनाको रिपोट आउन भने वाँकी रहेको उनले जानकारी गराए ।
नेपालका हाल सम्म ४ सय ८७ जनामा कोरोना संक्रमणको पुष्टी भई सकेको र ३ जनाको मृत्यु पनि भई सकेकोछ । त्यस्तै ४९ जना कोरोना संक्रमित उपचार पछि घर फर्किसकेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता