एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा सशस्त्रका हवल्दारको मृत्यु

डडेल्धुरा २३ बैशाख: कैलालीमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु् भएको छ। पूर्वपश्चिम राजमार्गअन्तरगत कैलालीको गौरीगंगा नगरपालिका–९ शंकरपुरमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किएकाे थियाे।  
मृत्यु हुनेमा सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत घोडाघोडी नगरपालिका १० घर भएका ३५ वर्षीय सहायक हवल्दार गोरख ऐर रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।  
पश्चिमबाट पूर्वतर्फ गइरहेको ओमसाई अस्पतालको से१च १८२८ नम्बरको एम्बुलेन्स र पूर्वबाट पश्चिमतर्फ आइरहेको म२प ५३०३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। मोटरसाइकल चालक घोडाघोडी नगरपालिका १० का २८ वर्षीय भरत बोहरा भने घाइते भएका छन्। 
घोडाघोडी अस्पतालमा उनकाे उपचार भइरहेको छ। एम्बुलेन्स चालक धनगढी उपमहानगरपालिका १० का ५४ वर्षीय आशाराम चौधरीलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिए।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता