फौजी किराको प्रकोपले मकै बारीमा नै मर्न थालेपछि पाँचथरका किसान चिन्तित


पाँचथर , २३ बैशाख । पाँचथरमा फौजी किराको आतङक सुरु भएको छ । किसानले लगाएको मकै बालीमा यो किराको प्रकोप देखा परेको हो । किराको प्रकोपबाट मकै बारीमै मर्न थालेपछि किसान चिन्तित भएका छन् । जिल्लाको सुख्खाक्षेत्र कुम्मायक र तुम्बेवा गाउँपालिकाका किसानले लगाएको मकैबालीमा किराको आतङक देखिन थालेको हो । गत बर्ष फौजी किराको प्रकोपले मकै उत्पादनमा ठूलो क्षति पुर्याएको थियो । अमेरिकन जातका मिचाह फौजी किराले छोटो समयमा ठूलो क्षति पुर्याएपछि नियन्त्रणमा चुनौती देखिएको छ ।
बारीमा गोड्ने अवस्थाका मकै फौजीले मार्न थालेको कुम्मायक गाउँपालिका ५ का अगुवा कृषक महेन्द्रबहादुर खड्काले बताउनु भयो । गत वर्षको जस्तै मकै बालीमा किराको प्रकोप देखा पर्न थालेपछि गाउँपालिकामा विषादी माग गरेको पनि उहाँले बताउनुभयो किसानले उत्पादन गरेको मकैबालीमा खडेरी र फौजी किराको प्रकोपका कारण वर्षेनी उत्पादन घट्दै गएको छ । गत वर्ष दुबै गाउँपालिकामा खडेरी र फौजी किराको प्रकोपका कारण आधा उत्पादन घटेको थियो । मकै र बदामको बिउनै मासिएपछि गाउँपालिकाले मकै र बदामको बिउ बितरण गर्दै आएको छ ।
यो वर्ष पनि मकै बालीमा किराको प्रकोप देखा पर्न थालेको कुम्मायक ३ का वडा अध्यक्ष रामप्रसाद गजुरेलले बताउनु भयो । किराले मकैको पात र गुबो खाएर मार्ने गरेको छ । यसलाई नियन्त्रण गर्न आवश्यक पहल गर्ने बताउनु भयो । गाउँपालिमा रहेको कृषि शाखामा किसानले प्रकोप रोक्न माग गरेका छन् । बारीमा लगाएको मकै बाली नष्ट हुने भएपछि किसानले कृषि शाखामा पहल गरिदिन माग गरेका हुन् ।
शाखाले गाउँपालिमा यो बिषयमा जानकारी गराएकाले चाडै बैठकवसी किराको संक्रमण रोक्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भटराइले बताउनु भयो । किसानलाई जनचेता अभिबृद्धि गर्ने, स्थानीयतहमा रहेका कृषि प्राविधिक, किसान र स्थानीयतह बीच परार्मश गरेर फौजी किरा नियन्त्रण गर्न सकिने गाउँपालिकाले जनाएको छ । न्युज२४बाट साभार गरिएकाे
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता