अलैचीको वगाननै सखाप हुन थालेपछि किसान चिन्तित


भोजपुर, १६ जेठ । भोजपुरका अलैची कृषकहरु समस्या र चिन्ताको चपेटामा रहेका छन् ।अलैचीको मरुवा र गाना कुहिने रोगले वगाननै सखाप हुन थालेपछि रोगको समस्यासँगै कोरोनाका कारण उत्पादित अलैची विक्री नहुने होकी भन्ने कृषकमा पीडा भएको छ ।
वर्खे धान लगाउने सिजन भएपनि व्यवसायिक रुपलेनै अलैची खेतिमा लागेका कृषकहरु भने यतिवेला अलैची वगानमा गोडमेल गर्न व्यस्त छन् ।
विगतको वर्षहरुमा प्रतिमन ४० केजी ८० हजार देखि ९० हजार सम्म बेचेको र अहिले मूल्य घटेको, वगानमा रोग लागेको र कोरोनाका कारण गरिएको लकडाउनका कारण आफूले उत्पादन गरेको अलैचीले बजार नपाउने हो कि भन्ने डरमा रहेको जिल्लाको दक्षिणि टेम्केमैयुम गाँउपालिका ५ चोलन्तिका किसान लालवहादुर विष्टले वताए ।
यता व्यवसायिक अलैची कृषकका समस्याहरुलाई यतिवेला लकडाउनकको कारण सम्वोधन गर्न नसकेको र अव कृषकका समस्या समाधानका उपाएका बारेमा लागिपर्ने कृषिज्ञान केन्द्र भोजपुरले वताएको छ ।
कृषिज्ञान केन्द्रको तथ्याङक अनुसार जिल्लाभर सात सय वाह्र हेक्टर क्षेत्रफलमा विस्तार गरीएको छ भने उत्पादने चारसय हेक्टर क्षेत्रफलमा हुने गरेको छ ।
कृषिज्ञान केन्द्र भोजपुरका प्रमुख योगेन्द्रप्रसाद यादवका अनुसार अलैची खेती विस्तारका लागि जिल्लाका विभिन्न स्थानीय तहहरुमा अलैची जोन, पकेट व्लक कार्यक्रम समेत सञ्चालन भैरहेको छ । गत वर्ष जिल्लामा २०५ मेट्रिकटन अलैची उत्पादन भएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता