इलामको पशुपतिनगर सहित भारतबाट आउन चाहने नेपाली नागरिकका लागि बिभिन्न २० नाका तोकियो

काठमाडौं, १६ जेठ । भारतबाट स्वदेश फर्कने नेपाली नागरिकका लागि सरकारले खुकुलो व्यवस्था अपनाउने भएको छ ।
सीमामा आएर ठूलो संख्यामा अलपत्र परेकाहरुलाई पछिल्लो समय आएर नेपाल प्रवेश सहज बनाइएपछि थप आउनेहरुका लागि पनि बिभिन्न २० नाकालाई नेपाल प्रवेशका लागि औपचारिकता प्रदान गरिएको छ ।
कोडिभ–१९ रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले भारतमा रहेका नेपालीहरुलार्य नेपाल प्रवेशका लागि २० वटा नाका तोकेको छ ।
नेपाल प्रवेशका लागि इलामको पशुपतिनगर, झापाको काकडभिट्टा, मोरङको रानी, सुनसरीको कुनौली, सप्तरीको ठाडी, सिरहाको माडर, महोत्तरीको भिट्टामोड, सर्लाहीको मलंगवा, रौतहटको गौर, पर्साको वीरगञ्ज, नवलपरासीको महेशपुर, रुपन्देहीको वेलहिया, कपिलवस्तुको तौलिहवा, कृष्णनगर, बाँकेको जमुनाह, बर्दियाको सुरजपुर, कैलालीको गौरिफन्टा, कञ्चनपुरको गड्डाचौकी, झुलाघाट र दार्चुला नाका तोएिको छ ।
भारतमा रहेका बिभिन्न नेपाली संघसंस्थाहरुका अनुसार भारतबाट झण्डै तीन लाख नेपालीले तत्काल नेपाल आउन चाहेको जानकारी गराएका छन् ।
उनीहरुलाई नेपाल भित्रिएपछि क्वारेन्टाइन लगायतको व्यवस्था गर्न सरकारले प्रदेश र स्थानीय तहका सरकारसंग पनि समन्वय कार्य अघि बढाउने समितिले जनाएको छ 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता