दाङको कोरोना बिशेष अस्पतालबाट ८ संक्रमित निको भएर फर्किए


दाङ, १६ जेठ । दाङको कोरोना बिषेश अस्पतालबाट शुक्रबार ८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन । २ पटकसम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिष्चार्ज गरिएको उक्त अस्पतालका प्रमुख डा. सर्वेश शर्माले बताउनुभयो ।
निको भएर घरजानेमा कपिलवस्तुका ४ जना, बाँके नरैनापुरका ३ जना र दाङको गढवाका १ जनासहित ८ जना रहेका छन । १४ दिन अस्पतालमा बसेर कोरोना जित्नुभएका दाङ गढवाका ४ का ३६ बर्षीय पुरुषले शुक्रबार अस्पतालबाट निको भएर घर जान पाउँदा एकदमै खुशी भएको बताउनुभयो ।
उहाँले अस्पतालमा राम्रोसंग उपचार पाएको समेत बताउनुभयो । ‘कोरोनाको बारेमा बाहिर जति भ्रम फैलाईएको छ । यो लागेपछि मान्छे मर्छ भन्ने गरिन्छ,’ उहाँले भन्नुभयो, ‘तर त्यसो नभई कोरोना जितेर बाच्न सकिन्छ । लापरबाही नगरी आत्मबल बढाए कोरोना जितिन्छ ।’
कोरोना आफुलाई कसरी लाग्यो भन्ने थाहाँ नभएको भएता पनि अब आफु कोरोनाको कारणले नै सकिन्छु की जस्तो नलागेको समेत उहाँको भनाइ थियो ।
कोरोना जितेकाहरुलाई लिन सम्बन्धित स्थानीय तहले एम्बुलेन्स पठाएका थिए । अस्पतालमा ४५ जना कोरोना संक्रमित रहेकोमा ८ डिस्चार्ज भए संगै अहिले ३७ जना कोरोना संक्रमित उपचाररत छन् । उनीहरुको स्वास्थ्य अवस्था राम्रो भएको अस्पतालले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता