चार दिन पछि उज्यालो भयो इलाम

इलाम, १६ जेठः मंगलबार हावहुरीसँगै अवरोध भएको विद्युत इलामका केही क्षेत्रमा आज (शुक्रबार) सुचारु भएको छ । इलामको तिल्केनीमा रहेको सवस्टेसनमा भएको साँखेजुङ फ्रेडरमा समस्या आएसँगै  विद्युत अवरोध भएको थियो । इलामबजारको केही भाग विव्ल्याँटे, सन्दकपुर गाउँपालिका, बरबोटे, साँखेजुङ, पुवामझुवा लगायत इलामको देउमाइ नगरपालिका, राँकेबजार रावि लगायत विभिन्न क्षेत्रको विद्युत अवरोध भएको विद्युत प्रधिकारण इलाम शाखाका शाखा प्रमुखले जानकारी दिए । फ्रेडरको समस्या विराटनगरबाट सामान मगाएर समाधान गर्नुपरेको र हावा हुरीको कारण पोलहरुमा समस्या आएकोले विद्दुत सुचारु गर्न समय लागेको पनि उनले वताए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता