थप २७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ सय २ पुग्यो


काठमाडौं, ६ जेठ । आज पनि नेपालमा थप २७ जनामा कारोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित संख्या ४०२ पुगेको छ ।
आज थपिएका २७ मा २४ पुरुष र ३ महिला छन् । मंगलबार थपिएका ४ जना कपिलवस्तुका छन् भने झापामा ९ जना, काठमाडौंमा ३ जनालगायत छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले थप २७ संक्रमित थपिएको पुष्टि गर्नु भयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता