भारतमा रेल चलेपछि पूर्वीनेपालकाे सीमामा थुप्रिए नेपाली, भारतीयहरुको व्यवहारले लुकिछिपी नेपाल छिर्दै


विराटनगर, ६ वैशाख । मोरङको सीमावर्ती क्षेत्र नेपाल भारतको सीमा नाकामा करिव दुईसय नेपालीहरु आइपुगेका छन् ।
भारत सरकारले रेलवे सेवा साथै सार्वजनिक सवारीका साधन सञ्चालनमा खुकुलो बनाएपछि स्वदेश फर्किन चाहने नेपालीहरु सवारी साधन र पैदल यात्रा गरेर सीमानामा आइपुगेर रोकिएका छन् । उनीहरुलाई यतिवेला भारततर्फकै क्वारेन्टाइनमा राखिएको छ ।
सोमबार र मंगलवार विहानसम्म भारतको जोगवनी नाकामा १ सय ५६ जना नेपाली सीमा नाकामा आइपुगेका सीमामा खटिएका सुरक्षाकर्मीहरुले बताएका छन् । यस नाकामा आएर वस्नेहरुको संख्या दिनदिनै थपिन थालेको छ ।
मोरङको धनपालथान गाँउपालिकासंग सीमा जोडिएको मधुवनीमा ३७ जना बसेका छन् भने रंगेली नगरपालिकामा पर्ने आँपगाछी दक्षिणमा १३ जना आइपुगेका छन् ।
उनीहरुलाइ पनि भारत तिरकै क्वारेन्टाइनमा राखिएको छ । मोरङको सीमानामा आइपुगेकाहरु मध्ये २२ जना रुकुम जिल्लाका छन् भने सवै प्रदेश १ का विभिन्न जिल्लाका रहेका छन् ।
भारतीयहरुले नेपालीलाई कुट्ने र विभिन्न किसिमको यातना संगै डर देखाउने भएकाले नेपालीहरु लुकेर पनि नेपाल तर्फ आएको पाइन्छ ।
नेपाल भारत खुल्ला सीमाना भएका कारण नेपालीहरु रातारात मकै बारी हुदै नेपाल भित्रने गरेका छन् । दोश्रो मुलुकबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिने गरेको छ तर यसरी लुकीछिपी आएकाहरु आफ्नै घर र आफन्तहरुकोमा बस्ने गरेकाले संक्रमण फैलन सक्ने खतरा बढेको छ ।
मोरङमा ६३ किलो मिटर खुल्ला सीमा रहेको छ जहाँ नेपाल प्रहरी र शसस्त्र प्रहरीका ८ सय सुरक्षाकर्मी खटिएका छन् ।
सुरक्षाकर्मीले चेकपोष्टनै तयार गरेर सीमाको सुरक्षामा खटिएका छन् तर पनि उनीहरुको आँखा छलेर दिनहुँ नेपाल भित्रनेहरुको संख्या भने बढ्दो छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता