धनकुटामा पुनः पाँच संक्रमित थपिए, संक्रमितमा एक महिला र चार पुरुष


धरान, ६ जेठ । धनकुटामा मंगलबार पुनः पाँच जना संक्रमित थपिएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पाँच जनामा कोरोना भाइरस पोजिटिभ पाइएको हो ।
प्रतिष्ठान सुत्रका अनुसार थप चार संक्रमितमा एक महिला र चार पुरुष रहेका छन् । ३४ बर्षकी महिलासहित २८, २९, ३५ र ३७ बर्षीय पुरुषमा संक्रमण पाइएको हो । यस्को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट औपचारिक पुष्टि भने हुन बाँकी छ ।
दुई दिन अघि धनकुटामा अस्पतालमा कार्यरत नर्सलाई संक्रमण पोजिटिभ पाइएपछि अस्पताल तथा उनीसंग सम्पर्कमा आएकाहरूको स्वाब संकलन गरि धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको हो ।
धनकुटामा योसहित संक्रमितको संख्या ६ पुगेको छ ।

प्रदेश एकमा यस अघि संक्रमितको संख्या ५४ रहेको अवस्थामा पाँच संक्रमित थपिएपछि संक्रमित ५९ पुगेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता