विश्वभर काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३ लाख २४ हजार नाघ्याे, झण्डै ५० लाख संक्रमित


काठमाडाैं, ७ जेठ । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ३ लाख २४ हजार नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बुधबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ३ लाख २४ हजार ८८९ पुगेकाे छ ।
विश्वमा कोरोनाबाट संक्रमित हुनेकाे संख्या भने ५० लाखनजिक पुगेकाे छ । अहिलेसम्म ४९ लाख ८५ हजार ६५६ पुगेकाे वर्ल्डो मिटर्सले जनाएकाे छ । कुल सङ्क्रमितमध्ये १९ लाख ५८ हजार ३०८ उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा ६ गुणा बढी हाे ।
पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर ९४ हजार बढी नयाँ संक्रमित भेटिएका छन् भने ४ हजार ५ सय ८९ जनाकाे मृत्यु भएकाे छ । मंगलबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ३ लाख २० हजार १२५ थियाे भने संक्रमित हुनेकाे संख्या भने ४८ लाख ९० हजार ६६४ थियाे ।
कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ९३ हजार ५३३ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १५ लाख ७० हजार ५८३ पुगेकाे छ । संक्रमितमध्ये ३ लाख ६१ हजार १८० भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ११ लाख १५ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १७ हजार २४८ अवस्था गम्भीर रहेको छ ।
पछिल्लाे समय काेराेना भाइरसको नयाँ हटस्पट रूस बनेकाे छ । अहिलेसम्म रूसमा २ लाख ९९ हजार ९४१ मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने २ हजार ८३७ पुगेकाे छ । संक्रमितमध्ये ७६ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ २ लाख २० हजार बढीमा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये २३ सयकाे अवस्था गम्भीर रहेकाे छ ।
कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख ७८ हजार ८०३ पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २७ हजार ७७८ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ लाख ९६ हजार भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ५४ हजारमा कोरोना सक्रिय रहेको छ । तीमध्ये १ हजार १५२ काे अवस्था भने गम्भीर रहेको छ ।
ब्राजिललाई पनि काेराेनाले निकै सताएकाे देखिन्छ । अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या २ लाख ७१ हजार ८८५ पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या १७ हजार ९८३ पुगेकाे छ । संक्रमितमध्ये एक लाख ६ हजार पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ १ लाख ४७ हजार बढीकाे काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ८ हजार ३१८ काे अवस्था गम्भीर रहेकाे छ ।
अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा बेलायत पर्छ । अहिलेसम्म बेलायतमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या ३५ हजार ३४१ पुगेकाे छ । संक्रमितकाे संख्या भने २ लाख ४८ हजार नाघेकाे छ । बेलायतमा पूर्ण निको हुनेको संख्या एकदमै कम रहेको छ ।
काराेनाभाइसकका कारण धेरै मृत्यु हुनेमा इटाली पनि पर्छ । अहिलेसम्म त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३२ हजार १६९ पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ लाख २६ हजार बढी कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये १ लाख २९ हजार पूर्णरूपमा निको भइसकेका छन् । अहिले इटालीमा ६५ हजारमा काेराेना सक्रिय रहेकाे छ भने ७ सयकाे अवस्था गम्भीर रहेकाे छ ।
कोरोनाले भयावह बनाएकाे अर्काे देश हाे, फ्रान्स । फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ८० हजार ८०९ पुगेकाे छ भने मृत्यु हुनेको संख्या २८ हजार २२ पुगेको छ । संक्रिमतमध्ये ६२ हजार पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९० हजार बढीमा काेरोना संक्रिय रहेको छ । तीमध्ये १ हजार ८९४ जनाकाे अवस्था भने गम्भीर रहेको छ ।
जर्मनीमा पनि कोरोना संक्रमित हुनेको संख्या १ लाख ७७ हजार ८२७ पुगेकाे छ । मृत्यु हुनेको संख्या भने ८ हजार १९३ पुगेको छ । अहिले त्यहाँ १४ हजारमा मात्रै कोरोना सक्रिय रहेको छ । संक्रमितमध्ये १ लाख ५५ हजार भने पूर्णरुपमा निको भइसकेका छन् । जर्मनीमा यति निको हुनु भनेको सुखद पक्ष हो ।
टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या १ लाख ५१ हजार नाघेकाे छ । अहिलेसम्म त्यहाँ ४ हजार १९९ काे मृत्यु भएकाे छ । संक्रमितमध्ये १ लाख १२ हजार बढी भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ३४ हजारमा काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ९ सयकाे अवस्था गम्भीर रहेकाे छ ।
इरानमा टर्कीभन्दा कम संक्रमित भए पनि मृतककाे संख्या भने बढी रहेकाे छ । अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ७ हजार ११९ पुगेकाे छ । अहिलेसम्म त्यहाँ १ लाख २४ हजार संक्रमित भएका छन् । संक्रमितमध्ये ९७ हजार निकाे भएका छन् । अहिले त्यहाँ २० हजारमा मात्रै काेराेना सक्रिय रहेकाे छ ।
छिमेकी मुलुक भारतमा पनि काेराेनाकाे उद्गम स्थल चीनमा भन्दा बढी संक्रमित भएका छन् । अहिलेसम्म भारतमा १ लाख ६ हजार बढी संक्रमित भएका छन् । काेराेनाका कारण ३ हजार ३०२ जनाकाे ज्यान गएकाे छ । संक्रमितमध्ये ४२ हजार बढी पूर्ण रूपमा निकाे भएका छन् । अहिले ६० हजार बढीमा काेराेना सक्रिय रहेकाे छ ।
पेरूमा पनि काेराेना संक्रमितकाे संख्या एक लाखनजिक पुगेकाे छ । अहिलेसम्म त्यहाँ काेराेनाका कारण २ हजार ९१४ जनाकाे मृत्यु भएकाे छ । कुल संक्रमित
पेरूमा पनि काेराेना संक्रमितकाे संख्या एक लाखनजिक पुगेकाे छ । अहिलेसम्म त्यहाँ काेराेनाका कारण २ हजार ९१४ जनाकाे मृत्यु भएकाे छ । कुल संक्रमितमध्ये ३६ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ६० हजार बढीमा काेराेना सक्रिय रहेकाे छ ।
कोरोनाको उद्गम स्थल चीनमा भने अहिले ८७ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७८ हजार २४४ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ९६५ जनामा कोरोनाको संक्रमण देखिएको छ । चीनमा काेराेनाका कारण ४ हजार ६३३ जनाकाे मृत्यु भएकाे छ ।
नेपालमा भने अहिलेसम्म काेराेना संक्रमितकाे संख्या ४०२ पुगेकाे छ भने मृत्यु हुनेकाे संख्या २ रहेकाे छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता