नेपाल कम्युनिस्ट पार्टी फाकफोकथुमद्वारा गाउँपालिकामा १ लाख सहयोग हस्तान्तरण

फाकफोकथुम, १ जेठः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फाकफोकथुम गाउँपालिका कमिटीले कोरोना रोकथाम, नियन्त्रण एवं राहत वितरणको लागि फाकफोकथुम गाउँपालिकालाइ रु एकलाख सहयोग हस्तान्तरण गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला सचिवालय सदस्य एवं फाकफोकथुम गाउँपालिका इन्चार्ज राजकुमार थापा र जिल्ला सचिवालय सदस्य एवं गाउँपालिका अध्यक्ष दीपेन्द्र खनालले मंगलबार एक कार्यक्रम विच गाउँपालिका प्रमुख रामकुमार श्रेष्ठ र उपाध्यक्ष सरस्वती राईलाइ कोरोना भाइरसको रोकथाम, नियन्त्रण एवं राहत वितरणलाई प्रभावकारी बनाउन र विकास निर्माणलाई समेत प्रभावकारी बनाउन ९ बुदे ध्यानाकर्षण पत्र सहित सहयोग रकम हस्तान्तरण गरिएको हो ।
 सहयोग हस्तान्तरण गरिएको रकम पार्टी सदस्य बाट सहयोग गरिएको थियो । ध्यानाकर्षण पत्रमा कोरोना भाइरस रोकथाम, नियन्त्रण एवं राहत वितरण प्रभावकारी बनाउनु पर्ने, क्वारेन्टाइन मापदण्डयुद्द बनाउनु पर्ने,  लक डाउनको प्रभावकारी कार्यान्वयन गर्नु पर्ने, विकास निर्माणलाई पारदर्सी, प्रभावकारी र नागरिकको हित बमोजिम गर्नु पर्ने, राहत वितरणमा भएको कमजोरी एवं गुनासो समेट्नु पर्ने उल्लेख गरिएको छ ।

नागरिकको जीवन रक्षा एवं आपत विपतमा नेकपा सधै साथमा रहेको इन्चार्ज राजकुमार थापाले बताएका छ्न भने राहत, उद्दार एवं सहयोगको लागि पार्टी निरन्तर लाग्ने स्वयंसेवकको रुपमा समेत काम गर्न पार्टी तयार भएको नेकपा अध्यक्ष दिपेन्द्र खनालले बताएका छ्न । राहत वितरण सहयोगको सहयोग गरिएको रकम एवं सल्लाहले गाउँपालिकालाइ राहत वितरण गर्न विकास निर्माणमा अघि बड्न महत्त्वपूर्ण सहयोग पुगेको गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले बताएका छ्न ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता