नेपालमा एकै दिन८३ जनामा काेराेनाा संक्रमण पुष्टि ,जम्मा संक्रमितकाे संख्या२१७


काठमाडौं,भक्तपुर, सर्लाही, धनुषा, महोत्तरी र पर्सालगायतका जिल्लामा २६ जना संक्रमित थपिएका छन् ।
काठमाडौंकी ३३ वर्षीया महिला, भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुष, सर्लाहीमा ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । पर्सामा २२, २८, २८, ३२, ४५, ६० वर्षीया महिलाहरु र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५९ , ५५, ६१, ६१ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको  स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यसैगरी धनुषामा २० वर्षीया महिला र ४० वर्षीय पुरुष, महोत्तरीमा १६ र ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । मंगलबार मात्रै ८३ जनामा कोरोना संक्रमण देखिएको छ । 
देशभर कोरोना संक्रमितको संख्या २१७ पुगेको मन्त्रालयले पुष्टि गरेकाे छ 
प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता