लकडाउन फेरि लम्बियो, जेठ २० गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय

काठमाडौं, ४ जेठ । सरकारले लकडाउन पुनः जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस कोभिड १९ को जोखिम झनै बढेको निष्कर्ष निकाल्दै लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
यस अघि मन्त्रिपरिषदको कार्यालय सिंहदबारमा बसेको कोभिड १९ रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउनको अवधि बढाउन सिफारिस गरेको थियो ।
गत बर्षको चैत ११ गतेदेखि लागू हुँदै आएको लकडाउन सरकारले पछिल्लो पटक भोलि सोमबार जेठ ५ गतेसम्मका लागि थपेको थियो ।
तर लकडाउनको अवधिमा पनि संक्रमितको संख्या बढ्नु र संक्रमितको मृत्युसम्मको घटना हुनुले यस्लाई अझ कडा पारिने निर्णय समेत मन्त्रिपरिषद् लिएको छ ।
यसैगरी बैठकमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर बनाइएको नयाँ नेपालको नक्साको बारेमा पनि छलफल भएको बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता