धुलिखेल अस्पतालमा सुत्केरीको ज्यान गयो, पीसीआर परीक्षणका लागि स्वाब ल्याबमा पठाइयो


काठमाडौं, ३ जेठ । धुलिखेल अस्पतालमा उपचाररत एक जना सुत्केरीको ज्यान गएको छ । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएकी सिन्धुपाल्चोक–बाह्रबीसे नगरपालिका वडा नम्बर ९ की उक्त सुत्केरीको विहीबार राति नै ज्यान गएको जानकारी गराइएको छ ।
बैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भई वैशाख २५ गते डिस्चार्ज भएकी थिइन् । तर, घर फर्किएपछि उनलाई उच्च ज्वरो आएपछि धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो । घर पुगेपछि ज्वरो आएर श्वास फेर्न गाह्रो भएपछि उनलाई धुलिखेल अस्पतालमा भर्ना गरिएको जानकारी गराइएको छ ।
तर, उपचारकै क्रममा उनको बिहीबार राति ज्यान गएको अस्पतालले जनाएको छ । ती महिलाको पीसीआर परीक्षणका लागि स्वाब धुलिखेलस्थित ल्याबमा पठाइएको जानकारी गराइएको छ ।
उपचारकै क्रममा सुत्केरीको ज्यान गएपछि अस्पतालमा विशेष सजगता अपनाइएको जानकारी गराइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता