उदयपुर भुल्केका १३ संक्रमित मध्ये ६ जनाको रिपोर्ट नेगेटिभ, भोलि डिस्चार्ज गरिने


विराटनगर, २३ बैशाख । बैशाख ५ र ६ गते उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ३ भुल्केबाट आएका १३ जना संक्रमितहरु मध्ये ६ जनालाई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिने भएको छ ।
उनीहरु सबै विराटनगरस्थित कोरोना विशेष उपचार केन्द्रमा उपचार गराईरहेका थिए । उनीहरु भुल्केबाट ल्याइएका २८ जना मध्येका ६ जना हुन् ।
तीन पटकको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि केन्द्रबाट डिस्चार्ज गर्न लागिएको प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो ।
आवश्यक प्रक्रिया मिलाउनु पर्ने भएकाले बुधवार मात्र डिस्चार्ज गरिने मन्त्री घिमिरेले जानकारी दिनुभयो ।
बुधवार बिहान ८ बजे डिस्चार्ज गरेर विराटनगरको रानीमा बनाइएको क्वारेन्टाइनमा ७ दिन राखिने छ । उनीहरु सबै भारतीय नागरिक हुन् ।
विराटनगरमा उपचार गराइरहेका ३१ जना मध्ये २८ जना भुल्केका मात्र रहेका छन् । उनीहरु सबैको मंगलबार बिहान पुनः स्वाँव टेष्ट गरिएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता