कोरोना भाइरसको संक्रमणका कारण दुबईमा एक नेपालीको मृत्यु


दुबई, २४ बैशाख । कोरोना भाइरसको संक्रमणका कारण यूएईमा एक नेपालीको ज्यान गएको छ । नेपालको स्थायी घर अर्घाखाँची भएका ४७ वर्षीय पुरुषको आइतबार ज्यान गएको हो ।
१५ वर्षदेखि दुबईमा कार्यरत उनको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको भनेर अस्पताललाई उद्धृत गर्दै परराष्ट्र सेवा कन्सुलर सेवाले परिवारसामु जनाकारी पठाएको छ श्वासप्रश्वासमा समस्या भएको भन्दै वैशाख ५ गते उनी भर्ना भएको बताइएको छ ।
सुरुमा निमोनिया भनिएतापनि उनको अवस्था गम्भीर भएपछि स्थानीय अस्पतालले दुबइको रशिद अस्पताल पुर्याइएको पठाएको मृतकका साथीहरुले बताएका छन् ।
त्यसपछि भेनटिलेटरमा राखेर उपचार गरिँदै आएका उनको आइतबार ज्यान गएको नेपाली दुतावासले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता