गण्डकी प्रदेशमा थप १० जनामा काेराेना पुष्टि, पर्वतमा पहिलोपटक भेटिए संक्रमित


पर्वत, २० जेठ । गण्डकी प्रदेशमा मंगलबार थप १० जना काेराेना संक्रमित थपिएका छन् । स्याङ्जा र पर्वतमा ५/५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पर्वतको कुश्मामा क्वरेन्टीनमा बस्दै आएका १९, २०, २१ र ४० वर्षका गरी ५ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पर्वत जिल्लामै पहिलो पटक कोरोना भेटिएको हाे ।
यस्तै स्याङ्जाको चापाकोट नगरपालिकाको क्वरेन्टीनमा बस्दै आएका २२, २६, ३२ र ४० वर्षका पुरुषमा कोरोना सङ्क्रमण भेटिएको हो ।
यस्तै स्याङजाकै बिरुवा गाउँपालिकामा २० वर्षीय पुरुषमा पनि सङ्क्रमण देखिएको छ । सङ्क्रमित पुरुष गाउँपालिकाको क्वरेन्टीनमा बस्दै आएका हुन् । थपिएका सङ्क्रमित सबै भारतबाट आएका हुन् ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । जसमध्ये बागलुङमा २ र लमजुङका एकजना गरी ३ जना निको भई घर फर्किसकेका छन् । गण्डकीका बागलुङ, स्याङ्जा, लमजुङ, तनहुँ, नवलपुर, पर्वत, म्याग्दी गरी ७ जिल्लामा कोरोना देखिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता