भारतबाट आएकी २२ वर्षीया युवतीको क्वारेन्टाइनमा मृत्यु, स्वाब परीक्षण गरिँदै

बैतडी, २० जेठ । बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाको एक विद्यालयमा रहेको क्वारेन्टाइनमा एक युवतीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशन चन्दका अनुसार पुर्चौडी नगरपालिका–४ स्थित मालिका माविको क्वारेन्टाइनमा सोही ठाउँमा घर भएकी २२ वर्षीया युवतीको सोमबार साँझ मृत्यु भएको हो ।
उनी केही दिनअघि मात्रै भारतबाट आएकी हुन् । जिल्ला जनस्वास्थ्य प्रमुख योगेश भट्टका अनुसार मृतक युवतीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनस्थलतर्फ पठाइएको छ ।
उनको परीक्षण रिपोर्ट आएपछि मात्र शवको पोस्टमार्टम गरिने उहाँले बताउनुभयाे ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता