कपिलवस्तुमा थप १७ जनामा कोरोना पुष्टि, एउटै पालिकामा १५ संक्रमित भेटिए


कपिलवस्तु , २० जेठ । कपिलवस्तुमा आज विहान थप १७ जनामा कोरोनाभाइरस (कोभिड-१९) संक्रमणको पुष्टि भएको छ । योसँगै कपिलवस्तुमा संक्रमितको संख्या ३ सय ३४ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार संक्रमितहरु शिवराज नगरपालिका वडा नम्बर ३ का २०, २३, २४ वर्षीय पुरुषहरू ३ जना, वडा नम्बर ४ का १८ र ४२ वर्षीय पुरुषहरू २ जना, वडा नम्बर ५ की २४, २८ कवर्षीया महिलाहरू २ जना र २१, ३० वर्षीय पुरुषहरू २ जना रहेका छन् ।
यसैगरी वडा नम्बर ६ की १९ वर्षीया युवती १ जना, वडा नम्बर ८ का २८ वर्षीय पुरुष १ जना, वडा नम्बर १० का १७ वर्षीय युवक १ जना र वडा नम्बर ११ का १७, २३, २९ वर्षीय पुरुषहरू ३ जना गरी १५ संक्रमित एउटै पालिकाका छन् ।
यसैगरी वाडगंगा नगरपालिकाका वडा नम्बर ४ का १६ वर्षीय किशाेर १ जना र महाराजगञ्ज नगरपालिकाका वडा नम्बर १० का २८ वर्षीय १ पुरुषमा पनि संक्रमण पाइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता