आजै थपिए कर्णाली प्रदेशका ३ जिल्लामा २९ कोरोना संक्रमित


काठमाडौ । कर्णाली प्रदेशमा मंगलबार (आज ) थप २९ जना कोरोना भाइरस (कोभिड(१९)का संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले आज २९ जना नयाँ कोराना संक्रमित थपिएका जानकारी दिए ।


उनले भने “प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा २९जना कोरोना संक्रमण  देखिएको छ ।”


 उनका अनुसार सुर्खेतका ११ जना, वीरेन्द्रनगर नगरपालिका १ र ३ का ११ जना १७ देखि ५० वर्ष उमेर समुहका रहेका छन् । उनी ११ जना नै पुरुष रहेका छन् ।

सल्यानको दार्मा गाउँपालिका १,२,३ र ४ का ९ जना  ३५ देखि ५० वर्ष उमेर समुहका पुरुष रहेका छन् ।
अछाम मंगलसेन नगरपालिका ४ का १ जना २३ वर्षका पुरुष र सोही जिल्लाको मेल्लेख गाउपालिका  ४ मा ९ जना कोरोना संक्रमितका २ जना २७ र ३० वर्षका महिला र अन्य ७ जना २२ देखि ४० वर्षसम्मका पुरुष रहेका छन् ।
यस प्रदेशमा कुल कोरोना संक्रमितको संख्या २६२ पुगेको महाशाखाले जनाएको छ ।



प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता