कोरोना भाइरसबाट रोहिंग्या शरणार्थीको पहिलो मृत्यु

बंगलादेशको रोहिंग्या शरणार्थी शिविरका एक ७१ वर्षीय वृद्धको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ।

बंगलादेशको कोक्स बजारस्थित एक जना वरिष्ट स्वास्थ्य अधिकारीका अनुसार ती वृद्धको गत आइतबार निधन भएको हो। तर, उनको स्वास्थ्य जाँचको रिपोर्ट सोमबार मात्र प्राप्त भएको थियो।

ती वृद्ध कुटुपालोङ शिविरमा बस्थे। यस शिविरमा मात्र २९ जना रोहिंग्यामा कोरोना पोजिटिभ देखिएको छ। म्यान्मारबाट भागेर बंगलादेश पुगेका रोहिंग्याहरुलाई अस्थायी शिविरमा राखिएको छ।

हाल शिविरमा करिब १० लाख शरणार्थी रोहिंग्याहरु रहेका छन्। (एएफपी)

प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता