प्रदेश २ मा थप १ सय २० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ सय १५ पुग्यो

जनकपुरधाम, २० जेठ । पछिल्लो २४ घण्टामा प्रदेश नम्वर २ मा १ सय २० जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
जस अनुसार सप्तरी जिल्लामा १ जना, सिरहा जिल्लामा १७ जना, धनुषा जिल्लामा ४ जना, महोत्तरी जिल्लामा २ जना, सर्लाही जिल्लामा २१ जना, रौतहट जिल्लामा ७४ जना र बारा जिल्लामा १ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
सप्तरी जिल्लाको राजगढ गाउँपालिका स्थित नरघो माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाईनमा रहेका १ देखि १८ बर्ष उमेर समुहको १ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो । संक्रमित पुरुष छिमेकी मुलुक भारतबाट आएर नरघो माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका थिए ।
सिरहा जिल्लामा भने सिराहा नगरपालिका स्थित सूर्य नारायण सत्य नारायण मरबैता क्याम्पसको होस्टेलमा सञ्चालित क्वारेन्टाइनमा बस्दै आएका २ जना, १८ देखि ४० बर्ष उमेर समुहका १२ जना र ४० र ७० बर्ष उमेरका २ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरु सबै छिमेकी मुलुक भारतबाट आएर क्वारेन्टाईनमा बस्दै आएका हुन् ।
यसैगरी धनुषा जिल्लाको धनौजी गाउँपालिका स्थित शंकर माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका१ जना, नगराईन नगरपालिका स्थित प्रादेशिक क्वारेन्टाइन गांगुलीमा रहेका १ जना र धनुषा जिल्लाकै हंसपुर नगरपालिका स्थित नवापुर माध्यमिक विद्यालय बत्चौराको क्वारेन्टाइनमा रहेका २ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो । पुष्टि भएका सबै ४ जना नै छिमेकी मुलुक भारतबाट आएका हुन् ।
यसैगरी महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका वडा नम्वर २ स्थित महेन्द्र माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका १ जना, सोही नगरपालिकाको वडा नम्वर ५ स्थित बसबीट्टी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका १ जनागरी कुल २ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु पनि छिमेकी मुलुक भारतबाट नै आएका हुन् ।
यता सर्लाही जिल्लाको बलरा नगरपालिकाको स्थानीय क्वारेन्टाइनमा रहेका १ देखि १८ बर्ष उमेर समुहका ३ जना, सोही क्वारेन्टाइनमा रहेका १८ देखि ४० बर्ष उमेर समुहका ६ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
सर्लाही जिल्लाकै ब्रम्हपुरी गाउँपालिका स्थित रामविलास प्राथमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ९ बर्षीय वालकसहित १ देखि १८ बर्ष उमेर समुहका ५ जना र सोही क्वारेन्टाइनमा रहेका १८ देखि ४० बर्ष उमेर समूहका १२ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरु पनि सबै भारतबाटै आएका हुन् ।
यसैगरी रौतहट जिल्लामा आज मात्र ७४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने बारा जिल्ला१ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसंगै प्रदेश २ नम्वरमा हालसम्म कोरोना संक्रमितको संख्या ८ सय १५ जना पुगेको छ भने १०४ जना कोरोना संक्रमितहरु उपचार पश्चात निको भएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता