समाजसेवी खड्काद्वारा इलामका एम्बुलेन्स चालकलाई पिपिइ सहयोग

इलाममा संचालित ८ वटा एम्बुलेन्सका चालकलाई समाजसेवी तथा नेपाली काँग्रेसका युवा नेता डम्बर खडकाले मंगलबार ब्यक्तिगत सुरक्षा कवज ( पिपिइ ) बितरण गर्नु भएको छ । कोरोना भाइरस संक्रमणको प्रबाह नगरी २४ सै घण्टा तैनाथ रहनु पर्ने एम्बुलेन्स चालक स्वास्थ सुरक्षा सामाग्री बिना जोखिममा रहेर काम गरि रहेकोले सामाग्री उपलब्ध गराउनु भएको हो ।

एम्बुलेन्स चालकले स्वास्थ सेवाको अग्र भागमा रहेर काम गर्नु पर्ने भएकोले स्वास्थ सुरक्षा सामाग्री सहयोग गरेको समाजसेवी खड्काले बताउनु भयो ।

पदम कुमारी स्मीर्ति प्रतिषठानका संचालक बालकृष्ण गाैतम र उद्योग बाणिज्य संघका उपाध्यक्ष दिपेश श्रेष्ठ मार्फत खड्काले सामाग्री उपलब्ध गराउनु भएको हो । खड्काले यश अघि लकडाउमा भोकै परेका इलामका बिपन्न र मजदुर परिवारलाई २५ लाख बढीको खाद्यान्न सहयोग गर्नु भएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता