झापाकाे बुद्धशान्तिमा क्वारेन्टाइनमा बसेका ५ जनामा काेराेना संक्रमण

बुधबारे । झापाकाे बुद्धशान्ति गाउँपालिकाको बुद्धआदर्श माविमा रहेको क्वारेन्टाइनमा बसेका ५ जनामा काेराेना संक्रमण देखिएकाे छ ।
जसमा १ जना बुद्धशान्ति गाउँपालिका, ३ जना ताप्लेजुङ र १ जना पाँचथरका रहेकाे बुद्धशान्ति गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख भोला अधिकारीले बताउनु भयो ।
यो क्वारेन्टाइनमा भारतबाट आएकाकाे संख्या बढी छ । आफ्नै गाउँपालिका क्षेत्र र पहाडी जिल्लाका मानिसहरूलाई समेत यहाँ राखिएको छ।
क्वारेन्टाइनमा रहेका १०० जनाकाे पिसिआरका लागी नमुना पठाइएकाे थियाे । जसमा ७९ जनाकाे रिपाेर्ट नेगेटिभ आएकाे थियाे ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता