पाकिस्तानमा कोरोनाबाट एक मन्त्रीको मृत्यु


एजेन्सी, २० जेठ । विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट पाकिस्तानमा एक मन्त्रीको मृत्यु भएको छ । सिन्ध प्रान्तका मानव संसाधन मन्त्री गुलाम मुर्तजा बलोचको मंगलबार कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार मन्त्री बलोचको उपचार कराँचीस्थित एक निजी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भइरहेको थियो । मन्त्रीको मृत्युको खबर सिन्ध प्रान्तका मुख्यमन्त्री मुरद अली शाहले शोक व्यक्त गर्दै जानकारी गराएका हुन् ।
‘कोरोनाबाट बलोचको निधन भएको छ’, मुख्यमन्त्री शाहले भनेका छन्, ‘उनी पार्टीका मेहनती र कर्मठ सदस्य थिए। उनको प्रतिस्थापन गर्न कठिन हुनेछ ।’ अक्टोबर २०१८ देखि मन्त्री रहेका बलोचलाई मे १४ मा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो ।
This image has an empty alt attribute; its file name is Capture-1.jpg
मुर्तुजा बलोच पाकिस्तानको पिपुल्स पार्टी (पीपीपी)को कराँची अध्यक्षसमेत थिए । उनी सन् २०१६ मा विधानसभा सदस्य चुनिएका थिए । पीपीपीका अध्यक्ष बिलावल भुट्टो र मुख्यमन्त्री मुरादले मुर्तुजाको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् ।
गत डिसेम्बर अन्तिमदेखि फैलिएको कोरोनाबाट हालसम्म पाकिस्तानमा १ हजार ६२१ को मृत्यु भइसकेको छ । त्यस्तै ७६ हजार ३९८ संक्रमित हुँदा २७ हजार ११० निको भइसकेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता