ताप्लेजुङका दुई सहायक वन अधिकृत एक-एक लाख घुससहित रंगेहात समातिए


ताप्लेजुङ, २१ जेठ । डिभिजन वन कार्यालय ताप्लेजुङका दुई सहायक वन अधिकृत मंगलबार बेलुका घुससहित रंगेहात प’क्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सहायक वन अधिकृतद्वय वीरेन्द्र साह र जीवनकुमार यादवलाई एक–एक लाख रुपैयाँ घुससहित प’क्राउ गरेको हो । उनीहरुले सेतक चिनी छोडपूर्जी बनाए बापत सेवाग्राहीसँग पटक/पटक घुस माग्ने गरेको भन्ने सूचना अख्तियारमा पुगेको थियो ।
सोही सूचनाका आधारमा अख्तियारको ईटहरी कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट एक/एक लाख घुस लिँदै गर्दा नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, ईटहरीका प्रमुख चक्र बहादुर बुढाले जानकारी दिए ।
‘हाम्रो टोलीले घुस सहित बेलुका दुई सहायक वन अधिकृतलाई नियन्त्रणमा लिएर ईटहरी ल्याउँदै छ,’ उनले भने, ‘नियन्त्रणमा लिएका दुवैजनालाई थप अनुसन्धानका लागि काठमाडाैँ पठाउँछौँ ।’ सेवाग्राही र सेवा प्रदायकबीच कार्यालयमै रकम लेनदेन भएको बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता