डडेल्धुराको क्वारेन्टाइनमा एक महिलाको मृत्यु


डडेल्धुरा, २१ जेठ । डडेल्धुराको क्वारेन्टाइनमा एक महिलाको शंकास्पद मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ की ३० बर्षीय सविता विकको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
गएराति श्रीमानसँगै शौचालय गएकी महिला बेहोश भएपछि मृत्यु भएको गन्यापधुरा स्थित बडाल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक धनबहादुर बिष्टले बताएका छन् ।
उनका अनुसार चार दिनअगाडि भारतबाट आएकी महिला श्रीमान र छोरासहित गन्यापधुरा गाउँपालिका वडा नम्बर १ ले निर्माण गरेको असिग्राम आधारभूत विद्यालय रौनाकोट क्वारेन्टाइनमा बस्दै आएकी थिइन् ।
गएराति ११ बजे बिरामी भएकी महिलालाई अस्पताल लैजान १ बजे एम्बुलेन्स पुगे पनि कोरोना संक्रमण भएकाे हुन सक्ने भन्दै कसैले पनि नछोएको स्रोतको भनाइ छ ।
रातिबाटै गाउँका मानिसहरु क्वारेन्टाइन नजिक आगो बालेर बसे पनि एम्बुलेन्समा राख्न कसैले नमानेको बताइएको छ । एम्बुलेन्स चालकले पनि स्वास्थ्य सुरक्षाका सामग्री नबोकेकाले हात नलगाएको बताएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता